Websoft University

आज फुटवलका तीन खेल हुने


काठमाण्डौ माघ २९ गते । रातो तारा डट कम, आज पनि फुवलका तीन खेलहरु हुने । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका दुई खेल त्रिपुरेश्वरस्थिको दशरथ रंगशाला हुने छन भने एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ । दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्रफुटबल क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धाहुने भएकोछ ।

मछिन्द्र र  च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । मछिन्द्र ९खेलमा २३अंक जोडेर शीर्ष स्थानमा रहेको छ । च्यासल ९ खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ । रेलिगेसनबाट बच्न च्यासललाई योखेल महत्वपूर्ण मानिएको छ । दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र थ्री स्टारबीचको खेल ४ः४५ बजे सुरु हुनेभएको छ । 

मनाङ ९ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । थ्री स्टार १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने खेलमा खेल १ बजे सुरु हुने उल्लेख गरेको छ । पुलिस क्लबको १० अंक जोडेर दशौँ स्थानमा रहेको छ भने सातदोबाटो १२ अंक जोडेर सातौं स्थानमा रहेको देखाइएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.