Websoft University

सृजना सामुदायिक वन उपभोक्ता समुहको ११ औं वार्षिक साधारण सभा सम्पन्न!


सामना भट्टराई,मोरङ माघ २५ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा न.पा वार्ड नं ७ मा रहेको सृजना सामुदायिक वन उपभोक्ता समूहको ११ औं वार्षिक साधरण सभा आज मङ्गलबार सम्पन्न भएको छ। सामुदायिक बनको प्राङ्गणमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि सामाजिक व्यक्तित्व तथा समूहका सल्लाहकार राम प्र उप्रेतीले ११औं वार्षिक साधारण सभाको अवसरमा शुभकामना व्यक्त गरेका थिए।


कार्यक्रममा आ.व. २०७८ को वार्षिक प्रतिवेदन उक्त सामुदायिक वनका अध्यक्ष भक्तिप्रसाद सिटौलाले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमका सभाध्यक्ष सिटौलाले स्थापना कालदेखि धेरै संघर्ष र मेहनतका साथ लागि परेको र विभिन्न कालखण्डमा आएका चुनौतिको सामना गर्नु परेको स्मरण गराउदैं उहाँले हाल वनमा  ५९८ बाट यस वर्ष ७९८ घरधुरी उपभोक्ता रहेको बताउनु भयो।


उहाँले नक्सामा भए अनुसार १५४.६६ हेक्टर क्षेत्रफल रहेको उक्त सामुदायिक वनमा वि.सं २०६० सालदेखी आफुले अध्यक्षता सम्हाल्दै आएको बताउनु भयो। त्यस्तै लेखा प्रतिवेदन लेखा संयोजक डण्ड ब. खड्काले प्रस्तुत गर्नुभएको थियो ।

११औं बार्षिक साधारण सभाको अवसरमा  पुरानो कार्य समिति बिघटन गरेर नयाँ कार्य समिति पूर्नगठन गरिएको थियो।नयाँ कार्य समितिको अध्यक्षमा भक्ति प्र सिटौला, सचिवमा भगवती पराजुली, कोषाध्यक्षमा विदुर दाहाल, सदस्यमा मोहन खरेल, चैतन्य प्रसाद उप्रेती, चिरञ्जीवी सिवाकोटी,मेलिना बस्नेत,माला पराजुली, कला राई, तिला चौधरी,तारा अधिकारी,रमा न्यौपाने त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा डण्ड बा. खड्का, सदस्यमा शिव भट्टराई भोजपुरे, जिव राज बन्जरा चयन भएका छन् भने सो कार्यक्रम समूहका कार्य समिति सदस्य चिरञ्जीवी सिवाकोटीले सञ्चालन गर्नुभएको थियो।

त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि सुन्दरहरैंचा वडा नं ७ का वडाध्यक्ष चैतन्यप्रसाद सिटौला, सलकपुर सव डिभिजन वन कार्यलयका प्रमुख लाल ब. माझि, अतिथिहरु सामाजिक तथा राजनीतिक व्यक्तित्व रविन्द्र आचार्य, नागेश पोखरेल, खड्ग श्रेष्ठ, मनोज दाहाल लगायत अन्य अतिथिहरुले आगामी दिनमा वैज्ञानिक पद्धतिबाट वनको विकास गर्दै लैजानुपर्ने कुरा बताउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.