Websoft University

आज ‘वसन्त पञ्चमी’ अर्थात सरस्वती पुजा


काठमाण्डौ माघ २३ गते । रातो तारा डट कम, आज ‘वसन्त पञ्चमी’  माघ शुक्ल पञ्चमी, विद्याका अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै छ । विद्या र सिर्जनाका देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजैबाट सूर्य उत्तरतिर लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वास गरिदै आएको पाइन्छ । आज बालबालिकालाई अक्षर चिनाउने शिक्षा आरम्भ गर्ने विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता कुनै पनि धार्मिक काम गर्न साइत जुराउनु पदैन भनिन्छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.