Websoft University

सुन्दरहरैंचामा चुनावको रौनक सुरु--सुन्दरहरैँचाको मेयरमा देवराज तामाङ्गको उम्मेद्वारी घोषणा

 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेसँगै सुन्दरहरैंचाका राजनीतिक दलहरुले आफ्नो उम्मेद्धवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।मोरङको सुन्दरहरैंचा नगरपालिकाका मेयरका आकांक्षी नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ्गले सुन्दरहरैँचा ५ बाट एक कार्यक्रम बिच उम्मेद्वारी घोषणा गर्नुभएको छ।

प्रजातन्त्र दिवसको दिन पारेर आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आँफुले सुन्दरहरैँचा नगरपालिकाको मेयर पदमा उम्मेद्वारी घोषणा गरेको भन्दै क्षेत्रीय सभापति तामाङ्गले सुन्दरहरैँचाबासी जनताले आँफुलाई बिश्वास गर्ने आशा ब्यक्त गर्नुभयो।उनले सुन्दरहरैंचाको समुचित विकास गरि समृद्ध सुन्दरहरैंचा निर्माणको अभियानमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको आकांक्षीका रुपमा उम्मेद्धवारी घोषणा गरेको बताएका छन्।

यसैक्रममा शनिबार सुन्दरहरैँचा ६ स्थित ढुकुरे मोटेबाँध टोल समिति गठन कार्यक्रममा क्षेत्रीय सभापति तामाङ्गले ढुकुरे मोटेबाँध नजिकैको बाटो आफ्नै खर्चमा ग्रभिल गरिदिने प्रतिबद्धता जनाउनु भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.