Websoft University

स्थानीय तह निर्वाचनको माग गर्दै अनेरास्ववियुद्धारा सडक बहस


विराटनगर, १९ माघ । रातो तारा डट कम,एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै आज विराटनगरमा सडक बहस गरेको छ । विराटनगर ट्राफिक चौकमा आयोजित कार्यक्रमका बक्ताहरुले स्थानीय तहको निर्वाचन तत्काल घोषणा हुनुपर्ने बताएका छन् । निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको उनीहरुको भनाई छ । प्रदेश १ का पूर्व मुख्यन्यायाधिवक्ता चुडामणि आचार्यले सरकारले संविधानको बर्खिलाप गर्नेगरि निर्णय गर्न नसक्ने बताए । संविधानले एक दिनपनि जनप्रतिनिधि विहिन स्थानीय तहको परिकल्पना नगरेको उनको भनाई छ । सरकारको भजन गाउने कानुन व्यवसायीलाई बोलाएर संविधानको छिद्र खोज्ने काम भईरहेको उनको भनाई छ । उनले अविलम्व निर्वाचनको मिति घोषणा हुनुपर्ने बताए ।

अर्थशास्त्री प्रा.डा. अर्जुन बरालले  संविधानको व्यवस्था अनुसार तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरे । उनले स्थानीयतहलाई जनप्रतिनिधि विहिन बनाउननहुनेमाजोड दिए । देशमा आर्थिक अवस्था कमजोर भईरहेका समयमा भ्रष्टाचार बढ्दो अवस्थामा रहेको उनले बताए । सरकार भ्रष्टाचार रोक्न उदासिन देखिएको उनको आरोप छ । डा. बरालले प्रदेश १ सरकारले आर्थिक भार पर्ने गरि मन्त्रालय थप गर्ने कार्य शुरु गर्नु गलत भएको बताए । उनले भने,‘ सरकारको यो कदमको सवैले विरोध गर्नुपर्छ ।’ मानव अधिकारकर्मी सोमराज थापाले समयमा निर्वाचन नहुँदा मुलुक अस्थिरता तर्फ जाने बताए । उनले संविधान अनुसार निर्धारित मितिमै निर्वाचन हुनुपर्ने माग गरे । सत्तालाई टिकाउनका लागि निर्वाचन मिति पर सार्न नमिल्ने थापाको भनाई छ । पत्रकार यज्ञ शर्माले बर्तमान सरकार निर्वाचनमा जान डराईरहेको बताए । चौतर्फी दवावपछि सरकार स्थानीय तहको निर्वाचन जेठमै गर्नुपर्ने मनस्थितिमा देखिएपनि निर्वाचन मिति घोषणा गर्न आलटाल गरिरहेको उनको भनाई   छ । निर्वाचन हुन नदिन विभिन्न षडयन्त्र भईरहेकाले जनदवाव आवस्यक रहेको शर्माको भनाई छ ।

कार्यक्रममा उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङेल, अनेरास्ववियुका उपमहासचिव भाष्कर खनाल, अनेरास्ववियु सचिवालय सदस्य गोकर्ण घिमिरे लगायतले स्थानीय तहको निर्वाचन अविलम्व घोषणा हुनुपर्ने बताएका थिए । सचिवालय सदस्य घिमिरेले स्थानीय तहको निर्वाचन मिति घोषणाको माग गर्दै अनेरास्ववियुले निरन्तर खवरदारी गरिरहने बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.