Websoft University

सवारी दुर्घटनामा १ को मृत्यु १ घाईते


झापा, फाल्गुन ११ गते । रातो तारा डट कम, झापाको मेचीनगर नगरपालिका-७ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु, १ जना घाईते भएका छन । हिजो राती पौने ८ बजेको समयमा पैदल यात्री मेचीनगर-८ का १९ बर्षीय श्याम मगर र १७ बर्षीय बल बहादुर मगरलाई मे.१०प २२३२ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका दुबै जनाको  B&C अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा  उपचारको क्रममा श्याम मगरको मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालक मेचीनगर-१० का अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.