Websoft University

सुन्दरहरैंचा ४ स्थित बूढी खेलामा अवैध रुपमा खोला उत्खनन् गरेको भन्दै स्थानीयबासी आन्दोलित!


सामना भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ स्थित बुढी खेलामा अवैधरुपमा उत्खनन् गरेको भन्दै स्थानीयबासी विरोधमा उत्रिएका छन् । नगरपालिकाले ठेक्का समेत नलगाएको स्थानबाट स्थानीयको जग्गा समेत काटेर उत्खनन् गरेको भन्दै स्थानीयबासी विरोधमा उत्रिएका हुन् ।


मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ बलिया खापस्थित बूढी खोलामा अवैधरुपमा खोला उत्खनन् हुँदा समेत सरोकारवाला निकायले चासो नदेखाएको भन्दै स्थानीयबासी आफैं उत्खनन् रोक्न अघि सर्नु परेको स्थानीयबासी सूर्यप्रसाद जम्मर कट्टेलले बताउनुभयो । खोला उत्खनन् गर्दा स्थानीयबासीको खोला किनारको जग्गा समेत काटेर माटो लैजाँदा स्थानीय बस्ती नै जोखिममा परेको भन्दै स्थानीय ईश्वर बहादुल दाहालको भनाइ छ । यता स्थानीय गंगा दाहालको जग्गा नै २० मिटर जती कटान गरि खोला झैं गहिरो बनाएर भरौट लगेको पाइएको छ।


स्थानीय ट्रयाक्टर व्यवसायीहरुले ठेक्का नलगाएको स्थानबाट उत्खनन् गर्नुका साथै खोलाको धार नै परिवर्तन हुने गरी खोल किनारको नीजि जग्गाबाट माटो उत्खनन् गरि लगेको पाइएको छ । करिव २० मिटर जति स्थानीयबासी तथा स्थानीय साजिलाल स्कुलको जग्गाबाट समेत खोलाकै समान गहिरो बनाएर उत्खनन् गरेको पाइएको हो । पटकपटक आग्रह गर्दा समेत उत्खनन् नरोकिएपछि स्थानीयबासी विरोधमा उत्रिनु परेको स्थानीय युवा शम्भू धमलाले बताए । उनीहरुले ३ वटा ट्रयाकटर नियन्त्रणमा समेत लिएका छन् । उनीहरुले नगरपालिकाको खोला ठेक्का लिने मनन कन्ट्रक्सनले जथाभावी उत्खनन् गर्न लगाएर निकाशी कर उठाएको आरोप लगाएका छन् । यता मनन कन्ट्रक्सनका सञ्चालक कृष्ण घिमिरेले आफुहरुले नगरपालिकासँग खोलाको निकाशी करको ठेक्का लिएकाले कसले कहाँबाट उत्खनन् गर्छ भन्ने कुरा आफुहरुको सरोकारको विषय नभएको भन्दै नगरपालिकाले यसको निगरानी गर्नुपर्ने बताएका छन् ।

यता स्थानीयबासी सँगै स्थानीय जनप्रतिनिभिहरु समेत खोलामा पुगेर उत्खनन् बन्द गर्नुपर्नेमा जोड दिएका छन् । सुन्दरहरैंचा ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले अवैधरुपमा उत्खनन् भएको पाइएकाले यसले बस्ती नै जोखिममा पर्ने भन्दै सँधैका लागि उत्खनन् बन्द गर्नुपर्ने बताउनुभयो । विरोधमा उत्रिएका स्थानीयबासीले उत्खनन् गर्दै गरेको अवस्थामा प्रदेश १ ०२–०३–त २४५४, प्रदेश १ ०२–०३–त १७३१, को २ त १३९६ नम्बरको गरि ३ वटा ट्रयाक्टरलाई केहिबेर नियन्त्रणमा लिएर अबदेखि उत्खनन् नगर्ने सर्तमा छाडि दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.