Websoft University

आज सोनाम ल्होसार—आज सरकारी बिदा पनि हो


काठमाण्डौ माघ १९ गते । रातो तारा डट कम, माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने सोनाम ल्होसार अर्थात नयाँ वर्ष मनाउने गरेका छन । यो पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदान–प्रदान गर्ने प्रचलन रहिआएको पाइन्छ । नेपालमा बसोवास गर्ने तामाङसहित ह्याल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेतले आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको  छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.