Websoft University

नदी जन्य बस्तुको अवैध रुपमा उत्खनन हुनथालेपछि बेलका नगरपालिकाले उत्खनन रोक्न कडा कदम चाल्दै,


गाईघाट ११ फागुन । रातो तारा डट कम,बेलका नगरपालिकाको विभिन्न नदिजन्य क्षेत्रबाट ढुङगा, गिटीको अवैध रुपमा उत्खनन हुन थालेपछि नगरपालिकाले उत्खननमा कडाई गरेको छ । बस्ती आसपास लाई प्रभावित हुने किसिमले विगत केही दिन देखि भैरहेको अवैध उत्खनन लाई रोक्न नगरपालिकाले प्रहरीको मद्धत लिएर उत्खनन गर्दै गरेको ५ वटा स्काभेटर लाई नियन्त्रणमा लिएर जरीवाना गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गौतमले मंगलवार अवैध उत्खनन कार्य गर्दै गरेको दुई वटा स्काभेटर नियन्त्रणमा लिएको बताए र्। एउटा स्काभेटर बाट ४५ हजार जरीवाना तिराएका छौ। ’ उनले भने ।पहिलो पटक भएकोले जरीवाना तिराएर छोडेको  र अर्को पटक पक्रीएमा स्काभेटर नै जफत गरीने उनले बताए । नगरपालिकाको अनुमती वेगर नै स्थानिय केही व्यक्तीहरुले बेलका नगरको नदीजन्य क्षेत्र बाट अवैध रुपमा ढुङगा गिटीको अवैध उत्खनन गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न नगरपालिकाले सक्रियता बढाएको उनले बताए । सप्तकोशी को पश्चिम तर्फ वन्दै गरेको दुई  वटा स्पामको लागी बेलकाको कोठु क्षेत्र बाट ढुङगा उत्खनन हुने गरेको छ । उत्खनन गरीएको ढुङगा तश्करी मार्पmत कोशीमा लाने गरीएको छ । नगरपालिकाले नगर क्षेत्र वाहीर गिटी ढुङगा निर्यात गर्न रोक लगाएको छ । तर तश्करहरुले आन्तरीक विकास निर्माणको लागि भन्दै सिफारीस लिएर ढुङगा, गिटी सप्तरी, सुनसरी र भारतिय वोर्डर तश्करी गरीरहेका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.