Websoft University

जनप्रतिनिधिहरुले अनियमितता गरेको आरोप लागेसगै ४ दलले नगरपालिकामा ज्ञापन पत्र बुझाए

 चैनपुर नगरपापलिकामा चरम अनियमितता, ४ दलले बुझाए 


मोहनकुमार राई - माघ २८ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिकाका नगर प्रमुख भरतकुमार खत्री लगायत जनप्रतिनिधिहरुले अनियमितता गरेको आरोप लागे सँगै ४ दलले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । 

शुक्रवार चैनपुर नगरपालिकाको कार्यालयमा ४ दलीय गठबन्धनले संयुक्त रुपमा ज्ञापन पत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकाललाई बुझाएको हो । ज्ञापन पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत ढकालले तत्कालनि राजा पृथ्वी नारायण शाहाको भनाई घुस लिने र घुस दिने राज्यका सत्रु हुन भन्ने भनाईलाई सम्झदै ४ दलीय गठबन्धनले गरेको यस कार्यले चैनपुर नगरमा मात्र सिमित नरही जिल्ला र राष्ट्रमा समेत लागू हुन जरुरी छ भन्नुहुँदै  चाडो कायन्वयन होस यसका लागि आफु सहमत रहेको बताउनु  भयो । 

नेपाली काँग्रेस,  नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी  सहितको ४ दलले बुधबार पत्रकार सम्मेलन गरी नगरको आर्थिक अनियमितताको जानकारी गरेको थियो ।  नेपाल सरकारको महालेखा परीक्षण प्रतिवेदन आ.व. २०७४÷०७५ देखि ०७७÷०७८ सम्ममा औल्याएका अनियमितता, अपचलन, बेरुजुले हिमाल झै चुलिदै गएको नेपाली काँग्रेसका नेत कुमार बाबु अधिकारले वताउनुभयो ।  

नागरीकबाट असुल गरेको करको दुरुपयोग गरी चैनपुर नगरपालिकाभित्र देखिएको आर्थिक अनियमितता, वेथिति, भ्रष्टाचार कुशासन तुरुन्त बन्द गरी महालेखा परीक्षण प्रतिवेदन अनुसार जो–जे तिर्नु , बुझाउनु, असुलउपर गर्नुपर्ने अपचलन गरी खाइमासी गरेको पुष्टि भएकाले यथाशीघ्र  नागरीक समक्ष सार्वजनीक सुनुवाई गरी दाखिला गरियोस भनि दलले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । 

नेपाली काँग्रेसका शंकरमान कँडेल संयोजक नेकपा माओवादी केन्द्रका डम्बर बादुर अधिकारी, नेकपा एकिकृत समाजवादीका बाबुराम कँडेल, जनता समाजवादी पार्टी नेपालका कविराज राई द्धारा हस्ताक्षरित ज्ञापनपत्र पार्टीका जिल्ला कार्यसमिति संखुवासभा, जिल्ला प्रशासन कार्यालय संखुवासभा, खाँदवारी, जिल्ला समन्वय समिति संखुवासभामा समेत ज्ञापन पत्रको वोधार्थ बुझाएको संयोजक शंकरमान कँडेलले वताउनुभयो । 

ज्ञापन पत्रका साथमा आ.व २०७४÷०७५ देखि हाल सम्म चैनपुर नगरपालिकाको नेतृत्वले गरेका अनियमितताका सम्बन्धमा यथाशीघ्र कार्वाहीको माग गर्दै ४ दलीय गठबन्धन संयन्त्रद्धारा पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको आर्थिक अनियमितताको विवरणहरु समेत संलग्न रहेको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.