Websoft University

उदयपुरको गाईघाटमा बन्न लागेको सगरमाथा विमान स्थल निमार्ण हुने भयो ।


गाईघाट २०७८, २६ माघ । रातो तारा डट कम,उदयपुरको गाईघाटमा बन्न लागेको सगरमाथा विमान स्थल निमार्णको लागी नेपाल नागरिक उड्यन प्राधिकरण र बन विभाग बिच बन क्षेत्रको जग्गा प्रयोग र रुखहरु हटाउने संझौता भए संगै विमान स्थल निमार्णको बाटो खुलेको छ ।विमान स्थलको भौतिक पूर्वाधार निमार्ण को लागी वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र वन क्षेत्र भित्रका रुखहरु कटान गर्न स्वीकृती दिने सम्वन्धमा सोमवार दुवै मंत्रालय विच संझौता भएपछि विमान स्थल निर्माणको काम अघि बढ्न लागेको हो । वन मंत्रालयले स्वीकृती नदिदा  भण्डै ३ वर्ष देखि विमान स्थल निर्माणको काम अघि बढ्न सकेको थिएन । नेपाल सरकारको स्वीकृती पाईसकेकोले विमान स्थल निर्माण को लागी ठेक्का प्रकृया अघि वढाउन अर्थमन्त्रालय वाट समेत सहमती भैसकेको छ । कुल १ सय ५५ हेक्टर जग्गामा निर्माण हुन लागेको विमानस्थल मा वायुसेवा कम्पनीले एटिआर (७२, क्यु (४०० लगायत जहाज  मार्फत नियमित उडान गर्न सक्ने प्राधिकरणले जनाएको छ । वन विभाग संग संझौता पछि विमान स्थल भित्रपर्ने रुखहरु कटान गर्न शुरु गरीने विमान स्थल व्यवस्थापन समितिका अधक्ष्य वीरेन्द्र वस्नेतले बताए । वजेटको व्यवस्थापन पछि क्रमिक रुपमा अन्य भौतिक पूर्वाधार निर्माण गरीदै लगीने उनले बताए ।(निर्माण शुरु गरीएको ४ वर्ष भित्र पुरा गर्ने लक्ष्य लिएकाछौ।) उनले भने। (पहिलो चरणको लागी भण्डै २ अर्व रुपैयाको लागत स्टीमेट तयार गरीएको छ ।त्रियुगा नगरपालिकाको वडा न. १ को जोगीदह मा  बन्न लागेको विमानस्थल को लागी मोथिहायी र कङग सामुदायिक वन उपभोक्ता समूहले भण्डै१ सय ५ विगा जमिन उपलब्ध गराएको  छ। १ हजार ७सय ५० मिटर लम्वाई र ३० मिटर चौडाईको पक्की धावन मार्ग र धावन मार्ग को विच वाट दुवै तर्फ ७५÷७५ मिटर गरी १ सय ५० मिटर चौडाईको खालि जमिन रहने गरी सगरमाथा विमानस्थलको डिजाइन गरीएको अधक्ष्य बस्नेतले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.