Websoft University

प्रदेश १ मा २३० जनामा कोरोना संक्रमण


विराटनगर, २६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण भएको छ । ५२३ जनाको पीसीआर परीक्षण गर्दा १०४ र ६७० जनाको एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा २६, सुनसरीमा २५, इलाममा ५, तेहृथुम, उदयपुर र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा ९, सुन्दरहरैचा र बेलबारीमा ५–५, पथरीशनिश्चरेमा ३, रतुवामाई, रंगेली, लेटाङ, कानेपोखरी, उर्लाबारी, केराबारी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा ७, भद्रपुरमा ४, मेचीनगर र कमल गाउँपालिकामा ३–३, बाहृदशी र कनकाईमा २–२, अर्जुनधारा, गौरादह, दमक, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, सुनसरीको धरान र इटहरीमा ७–७, दुहवीमा ४, बराहक्षेत्रमा २, इनरुवा, रामधुनी, झोक्राहानरसिंह, गढी र कोशी गाउँपालिकामा १–१, इलामको फाकफोकथुममा २, इलाम नगरपालिका, चुलाचुली र मांसेबुङमा १–१, तेहृथुमको छथरमा २ र आठराईमा १, उदयपुरको उदयपुरगढीमा २ र त्रियुगामा १, संखुवासभाको पाँचखपन, चैनपुर र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७३ महिला र ७२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २ हजार ३३० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.