Websoft University


श्याम राई--उदयपुर   गाईघाट, २२ माघ। रातो तारा डट कम, परराष्ट्र मन्त्रि डा. नरायण खड्काले दलिय सहमती गरेर एमसिसि तत्काल पास गर्नु पर्ने बताएकाछन् ।

एमसिसि बारेमा अनावश्यक भर्म फैलाएको भन्दै उनले अहिले प्रमुख दलहरुबीच सहमति जुटाउन छलफल भईरहेको बताए ।

गृह जिल्ला उदयपुर आईपुगेका उनले शनीबार चौढण्डिगढी नगरपालिकाको नव निर्मित प्रसासनिक भवनको उद्घाटन गर्दै तत्कालिन माओवादी नेतृतोको कांग्रेस सम्मिलित सरकारकैपालामा एमसिसि पास गर्ने सम्बन्धमा अमेरिका मै गएर संझौता गरिएको बताए । अहिले अनावश्यक विवाद र भर्म सिर्जना गरेर एमसिसिलाई पछाडी धकेल्न खोजिदै छ । हिजो आफैले ठिक छ भनेर सम्झौता गर्ने अनि अहिले राष्ट्रहित विपरित भन्दै भ्रम सिर्जना गर्ने, माओवादी प्रति लछित गर्दै मन्त्रि खड्काले भने सरकारमा रहदा एमसिसि ठिक भन्ने र सरकार बाहिर हुदा बेठिक भन्ने उनीहरुको दोहोरो चरित्र कै कारण जनमानसमा नकारात्मक भ्रम सिर्जना भएको उनले बताए । मन्त्रि खड्काले अमेरिकी सहयोगको अनुदान रकमबाट मुलुको विद्युत र सडक पुर्वधारमा लगानी हुने भएकोले नेपाल सरकारले नै एमसिसि माग गरेको बताए ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.