Websoft University

अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाले निरन्तर अभिभावकत्व प्रदान गर्छ-उपमेयर पराजुली


मोरङ बेलबारी । रातो तारा डट कम, बेलबारी नगरपालिकाले अपाङ्गता भएका नागरिकहरुको लागि सिङ्गो नगरपालिकाले अभिभावकत्व दिने जनाएको छ।

अपाङ्गता भएका नागरिकहरुको लागि समयसमयमा सीपमूलक,आयआर्जनसँग जोडिने,उद्द्मशील,व्यवशायिक बनाउने उद्देश्यले स्वयं अपांगता भएका व्यक्तिहरुकै चाहना अनुरुपका कार्यक्रम ल्याएको नगरपालिकाले बताएको छ।

बिहिबार अपांगता भएका व्यक्तिहरुको घरघरमा पुगेर व्हीलचियर,वाकर,बैशाखी लगायतका सहयोगी सामग्री वितरण गर्दै बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले अपाङ्गता व्यक्तिको कष्टकर र पीडादायी बाध्यता भएकाले उनीहरुप्रति सबै तहका सरकारको सहयोग रहनुपर्ने बताइन्।

समाजमा अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनलाई सहज र सम्मानित बनाउन आवश्यक छ,बेलबारी नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका सबै अपाङ्गता भएका नागरिकहरुलाई सवै प्रकारका सहयोग समन्वय गर्दै कुशल अभिभावकत्व प्रदान गर्छ।´-उपमेयर पराजुलीले भनिन् ।   बेलबारी नगरपालिकाको प्राविधिक सहयोग, बोधिसत्व विहार र द क्वो जोइङ फाउन्डेसनको समन्वयमा बेलबारी नगरपालिका वडा नं १,२,३११,६ र ७मा १० वटा व्हील चियर र २ ओटा वाकर २ ओटा बैशाखी वितरण गरेको थियो।लामो समयदेखि अपाङ्गता भएका वडा नं ६ का श्रवण खवासले सहायक सामग्री पाप्त गरेकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गरे।।उपप्रमुख,जनप्रतिनिधिहरुसहित सहायक सामग्री वितरण कार्यक्रममा सहयोगी संस्थाका तर्फबाट सन्जु सुबेदीको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.