Websoft University

टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु ३ जना घाईते

फायल फोटो-
उदयपुर, २०७८ फागुन ४ गते । रातो तारा डट कम,
उदयपुर गढी गाँउपालिका-७ उदयपुरको बाघखोर कोल्टे सडक खण्डमा मंगलवार साँझ भएको टिपर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । उक्त सडक खण्डबाट बालुवा बोकेर जाँदै गरेको पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टिपर अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना हुँदा उक्त टिपरमा सवार रहेका ४ जना घाईते भएका थिए । घाईते चारै जनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाईएकोमा उपचारको क्रममा स्थानीय १९ बर्षीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाईतेहरुको उपचार भईरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.