Websoft University

राष्ट्रिय सभाको निर्वाचन सुरु


काठमाण्डौ माघ १२  गते । रातो तारा डट कम, राष्ट्रिय सभा सदस्यको निर्वाचन धेरै ठाउमा सुरु भइसकेको छ । निर्वाचन अहिले बिहान ९ बजेबाट सातवटै प्रदेशमा सुरु भइसकेको छ।  

राष्ट्रिय सभामा रिक्त १९ पदका लागि आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ । मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा आउने क्रमसमेत जारी रहेको छ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । 

प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन भएको बताइएको छ । सातवटा प्रदेशमा कुल २ हजार २५ जना मतदाता छन् । निर्वाचनमा ५ सय ३२ प्रदेश सभा सदस्य र १ हजार ४ सय ९३ स्थानीय तहका प्रमुख र उपप्रमुखले आज मतदान गर्नेछन् । 

प्रदेश १ को विराटनगरमा,मधेस प्रदेशको राजधानी जनकपुरधाममा मतदान हुदैछ  । बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यको मतदान हेटौँडामा हुदैछ ।  निर्वाचनका लागि सुरक्षा र स्वास्थ्य सुरक्षाको तयारी भइसकेको छ । चुनावमा कोरोना सङ्क्रमितका लागि पनि मतदान गर्ने व्यवस्था गरिएको आयोग ले जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.