Websoft University

अपाङ्गता भएकी किशोरी बलत्कार गरेको आरोपमा एक पक्राउ


विराटनगर । अपाङ्गता भएको एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा मोरङको सुनवर्षी नगरपालिका–७ का २२ वर्षीय सुरेन्द्र ऋषिदेव पक्राउ परेका छन् ।

शारीरिक रूपमा अपाङ्गता रहेकी र बोल्न नसक्ने १७ वर्षीया किशोरी आफ्नै घरमा ऋषिदेवले बुधबार बलात्कृत गरेको आरोपमा इलका प्रहरी कार्यालय रंगेलीले उनलाई पक्राउ गरकेो हो ।

घरमा कोही नभएको मौका छोपेर पक्राउ परेका ऋषिदेवले बलत्कार गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका डिएसपी मञ्जील मुकारुङले जानकारी दिए ।

परिवारका अरु सदस्य कोही नभएको बेला अपाङ्गता भएकी किशोरीको घरमा पुगेका सुरेन्द्रले जबरजस्ती भान्सा कोठामा लगेर दिउँसो साढे ३ बजेतिर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

किशोरी राम्ररी हिँडडुल गर्न र बोल्न सक्दिनन् । किशोरीमाथि जबरजस्ती गरिरहेको आमाले देखेपछि गाउँमा होहल्ला भएको थियो । होहल्ला हुन थालेपछि घटनामा संलग्न सुरेन्द्र फरार बनेका थिए । पीडितले उजुरी दिएपछि फरार भएका ऋषिदेवलाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

प्रहरी हिरासतमा रहेका ऋषिदेवलाई इप्रका रंगेलीले बिहीबार मोरङ अदालतमा जवरजस्ती करणीमा म्याद थप गरि अनुसन्धान गर्ने भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.