Websoft University

संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन जिल्ला अस्पतालहरुलाई निर्देशन

 


विराटनगर, ६ माघ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

आज सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरु बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालहरुलाई उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।  मन्त्रिस्तरीय बैठकले आजै १४ वटै जिल्ला अस्पतालहरुलाई तयारी अवस्थामा रहनका लागि निर्देशन जारी गर्ने निर्णय गरेको छ । 

संक्रमितको उपचारका लागि उपकरण तथा स्वास्थ्य सामाग्रीहरु अस्पतालहरुले प्रवन्ध गर्ने र आवस्यक सामाग्रीहरु मन्त्रालयले सहजीकरण गर्ने निर्णय भएको छ । बैठकले सामुदायिक तथा निजी अस्पतालहरुलाई पनि कोरोना संक्रमितको उपचारका लागि आग्रह गर्ने निर्णय गरेको छ । 

बैठकमा मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव कृष्णप्रसाद पोखरेल, स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई लगायतको हसभागिता रहेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.