Websoft University

राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्वर १ वाट नेकपा एमालेले पार्टीका स्थायी कमिटि सदस्य गुरु प्रसाद वराललाई खुला तर्फको उमेद्धवार बनायो


बिराटनगर । रातो तारा डट कम, आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्वर १ वाट नेकपा एमालेले पार्टीका स्थायी कमिटि सदस्य गुरु प्रसाद वराललाई खुला तर्फको उमेद्धवार वनाएको छ । विगतमा नेकपा एमालकै तीन जना सदस्य रहेको राष्ट्रियसभाको रिक्त खुल्लातर्फ गुरु प्रसाद वराल,अल्पसंख्यक तर्फ सोनाम गेल्जेन शेर्पा र महिला तर्फ सुमित्रा भण्डारी नेकपा एमालेका उमेद्धवारहरु हुनुहुन्छ ।

को हुन गुरु प्रसाद वराल ?

त्याग,इमान्दारिता,लगनशीलता र निष्ठाको एउटा अर्को नामका रुपमा गुरु प्रसाद वराललाई लिने गरिन्छ । नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा करिव ५० वर्षदेखि उहाँ अनवरत रुपमा सकृय हुनुहुन्छ । उहाँ अहिले नेकपा एमालेको स्थायी कमिटि सदस्य  हुनुहुन्छ ।  नेता वराल विकास राजनीतिमा विशेष दख्खल राख्नुहुन्छ । विकास राजनीतिको कार्यमूलक नीति अनुसन्धानमा निरन्तर कृयाशिल रहनुभएको छ ।  उहाँकै नेतृत्वमा मदन भण्डारी स्मृति प्रतिष्ठान संचालित छ । प्रतिष्ठान ब्वसायिक दक्ष ब्यक्तिहरु उत्पादन गर्ने अब्बल थलोका रुपमा परिचित छ ।प्रतिष्ठानले निम्म,मध्यम र उच्च स्तरको प्राविधिक जनशक्ति उत्पादन गरिरहेको छ । पैसाका अभावमा कोही विपन्न वर्गका जेहेन्दार विद्यार्थीहरु वञ्चित हुनु नपरोस भनेर प्रतिष्ठानले आउ पढ कमाउ तिर भन्ने शैक्षिक उपहार कार्यक्रम सञ्चालन गरेको छ । नेता वरालकै अवधारणामा संचालित यो कार्यक्रमवाट सयौ विपन्न वर्गका विद्यार्थीले प्राविधिक शिक्षा हासिल गरि ब्यवसायिक वनेका  छन । यो कार्यक्रममा विपन्न वर्गका विद्यार्थीलाई प्रतिष्ठानले उपहार प्रदान गर्छ,पढिसकेपछि रोजगार वनाउछ त्यसपछि उपहार अन्य विपन्न वर्गका विद्यार्थीलाई प्रदान   गर्नुपर्छ । त्यो पैसाले अन्य विपन्न वर्गका विद्यार्थीले त्यसैगरि अध्यन गर्छन । उहाँ राजनीति मार्फत जनताको आर्थिक,सामाजिक,सास्कृतिक र राजनीतिक रुपान्तरणको पक्षपाति हुनुहुन्छ । जनसंख्यालाई जनशक्तिमा रुपान्तरण नगरि गरीवि निवारण गर्न नसकिने भनाईका कटटर पक्षपाति वराल शैक्षिक सुधार अभियानमा अभियन्ता हुनुहुन्छ । शिक्षा प्रणाली सुधारको अभ्यासलाई देशका विभिन्न भागमा सफल कार्यावन्यन समेत गराइसक्नुभएको छ । शिक्षा क्षेत्रलाई प्राविधिक धार तर्फ अघि वढाउन उहाँको नेतृत्वमा दर्जनौ सामुदायिक विद्यालयहरुमा सफल अभ्यास भएका छन । आफना ब्यक्तिगत स्वार्थलाई तीलाञ्जली दिएर देश र जनताको हीतमा अहोरात्र लागिरहनुहुने नेता वराललाई राष्ट्रियसभा सदस्य वनाएर उहाँका भीजनलाई नीतिगत तहमा पुरयाउन जरुरी रहेकोमा एमालेमा मात्र होइन अन्य पार्टीमा समेत  चर्चा हुने गरेको पाइन्छ ।

राष्ट्रियसभामा गुरु वराल नै किन ?

राष्ट्रियसभा नेपालको संघीय संसदको माथिल्लो सदन हो । राष्टियसभा संघीय ब्यवस्थाको गहना हो । राष्टियसभा विधि निर्माणका लागि नीतिगत छलफल गर्ने माथिल्लोसभा हो । विधेयकमा सघन छलफलको आवश्यकता हुन्छ ।राष्टिय जीवनमा महत्वपूर्ण योगदान पुरयाएका ब्यक्तिहरुको राष्टियसभामा उपस्थितिको परिकल्पना गरिएको हो । राष्ट्रियसभाको ओज गरिमा र भावनालाई धान्नका लागि गुणात्मक ब्यक्तिको उपस्थिति आवश्यक हुन्छ । त्यहि आवश्यकतालाई पूरा गर्न आफनो उपस्थिति सार्थक रहने गुरु प्रसाद वरालको दावी छ ।

नेपालको संविधानले प्रदत्त राजनीतिक सामाजिक आर्थिक अधिकारलाई पूर्ण कार्यावन्यन गर्ने विधि  ब्यवस्था र कानुन तयार गर्न आफनो उमेद्धवारी रहेको वरालको भनाई छ ।

अहिले देशमा सवैभन्दा आवश्यक कुरा भनेको सुशासन हो । सुशासन ग्यारेन्टि गनुुर््पर्ने ज्वलन्त आवश्यकता छ । सुशासनका लागि भएका संसारका अशल अभ्यास र नेपालका सिकाइलाई जोडेर असल कानुन वनाउने र प्रचलनमा ल्याउनका लागि गुणात्मक ब्यक्तित्वको खाँचो छ । सो खाँचोलाई पूरा गर्न गुरु वरालको राष्ट्रियसभामा आवश्यकता देखिन्छ ।गरीवि विरुद्धको लडाई पूरा नगरि समाजवादको पूर्वाधार स्थापना हुन सक्दैन । गरीविको रेखा मुनि रहेका जनतालाई त्यहाँ वाट उकास्न जनसंख्यालाई जनशक्तिमा रुपान्तरण गर्नुपर्ने आवश्यकतालाई ब्यवहारमा उत्रार्न विगत लामो समय देखि सकृय अभियन्ता वरालको राष्ट्रियसभामा उपस्थितिले गहीरो अर्थ राख्छ ।

राष्ट्रियसभामा पार्टी र पार्टीभन्दा पनि माथि उठेर देश र जनताको पक्षमा उन्नत ढंगले काम गर्न सक्ने ब्यक्तिको आवश्यकता हुन्छ । त्यो आवश्यकतालाई वरालले पूरा गर्न सक्नुहुने भएकाले उहालाईँ देशका लागि आवश्यक साझा उमेद्धवारका रुपमा हेर्न सकिन्छ । सवै पार्टीका विचार,नीति र सिद्धान्तलाई मनन र विश्लेषण गर्दै साझा र सकारात्मक कुरालाई लिएर हिडने सक्ने उहाँको खुवी राष्ट्रियसभाका लागि आवश्यक पर्ने विश्लेषकहरुको राय छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.