Websoft University

पाँच दिनमा दर्जन बढी लोक नाच सिकाउँदै सकियो नृत्य कार्यशाला


बुटबल ९ माघ । रातो तारा डट कम,मुलुकका पाँच प्रदेशको एक दर्जन भन्दा बढी नृत्यहरु एकै थलोमा २४ जना कलाकारले सिकेका छन् । रुपन्देहीको बुटबल स्थित शँकर नगरमा गत मँगलबारबाट आयोजित नृत्य निर्देशक कार्यशाला २०७८ शनिबार सम्पन्न भएको छ । कार्यशालामा सहभागी २४ जना कलाकारलाई शनिबार प्रमाणपत्र प्रदान । हरेक नृत्यको कार्यपत्र प्रस्तुति सहित प्रयोगात्मक रुपमा सिकाईएको नृत्य सम्बन्धित नृत्य निर्देशकले कलाकारले कार्यक्रममा प्रस्तुत समेत गरिएको कार्यक्रमका सहजकर्ता एवम् सांस्कृतिक संस्थानका पूर्व महाप्रवन्धक राजेश थापाले जानकारी गराएका छन् ।  


पाँच दिनको कार्यशालामा एक दर्जन नृत्यको कार्यपत्र प्रस्तुत गरिएको छ । कार्यशालामा मँगलबाट प्रदेश १ बाट नृत्य निर्देशक नगेन्द्र राईले साकेला नृत्यको कार्यपत्र प्रस्तुतसँगै सो नृत्य सबैलाई सिकाए । नृत्य सिकेपछि सबैले नृत्य गरेर देखाए । 

यस्तै कार्यशालामा बुधबार नृत्य निर्देशक ओम प्रकाश बस्नेतले प्रदेश १ को राजबँशी समुदायको हुदुर दुरा नृत्य सिकाए । सो नृत्यको उनले कार्यपत्र पनि प्रस्तुत गरे । उनले सोही दिन कार्यपत्र प्रस्तुत गर्दै मधेश प्रदेशको सामा चखेबा नृत्यको नृत्य पनि सिकाए । कार्यशालमा सहभागी बाँकी २३ जनाले नै उनको यी दुबै नृत्य सामुहिक रुपमा प्रस्तुत गरेर देखाए । 

कार्यशालामा बिहिबार प्रदेश ३ बाट ललितपुरका सुरेन्द्र देशारले अष्ट मातृका नाचको कार्यपत्र प्रस्तुत सहित यो नाच तीन घन्टा सिकाए । यो नाच पनि सबैले सिकेर नृत्य गरेर कार्यक्रममा देखाए । बिहिबार नै बागमति प्रदेशबाट नृत्य निर्देशक मोहन तौजले काभ्रेमा प्रचलिन राजारानी नाचको कार्यपत्र प्रस्तुत सहित यो नाच सिकाए । यो नाच सिकेपछि सहभागी मध्य नृत्य निर्देशक कलाकार दिलु सुनार, पुनम थापा यो नृत्य प्रस्तुत गरेर देखाए । बागमति प्रदेशबाटै कोभिडको कारण प्रतिभा पुन उपस्थित हुन नसके पनि उनको मेहेन्दो मायाँ नाचको कार्यपत्रलाई नृत्य निर्देशक रोचक थापाले प्रस्तुत गरे । उनले सो नृत्य पनि सबैलाई सिकाए । 

यस्तै बिहिबार नृत्य निर्देशक गोरे गुरुङले गण्डकी प्रदेशबाट घाटु नाचको कार्यपत्र प्रस्तुत गरे । यो नाच पनि उनले केही घन्टा सिएका । यो नाच सिकेर सहभागी मध्य असु कुँवर, सारदा थापा र समीक्षा धेँगाले नाचेरै देखाए ।

कार्यशालामा शुक्रबार चार ओटा नाचको कार्यपत्र प्रस्तुतिसँगै नाच सिक्ने र नाचेर देखाउने कार्य भयो । शुक्रबार गण्डकी प्रदेशबाट बमबहादुर गुरुङले कृष्ण चरित्र नाच र गुरुङ समुदायको मृत्य संस्कारमा नाचिने छ्याडु (सेर्गा) नाचको कार्यपत्र प्रस्तुत गर्नुका साथै यी सबै नाच सिकाए । जस मध्य कृष्ण चरित्र नाच सिकेर परम्पारगत पोशाकमा युवराज जर्घामगर, हिमाल थापा, रविन थापा, युवराज गुरुङ, नविन गुरुङ, रोशन गुरुङ, मुकेश गुरुङ र ओसिन सारु मगरले नाचेर देखाए । यस्तै छ्याडु नाच सो कार्यशालामा सबैले सामुहिक नाचेर देखाए ।

शुक्रबार नै लुम्बिनी प्रदेशबाट थारु समुदायको नृत्यहरु पनि कार्यपत्र प्रस्तुति सहित सिकाईयो । कार्यपत्र सहित मुकेश गुरुङले रुपन्देहीको थारु समुदायको झर्रा नृत्य, अनु रचकले रुपन्देहीकै थारु समुदायको बड्की नाच र पुनम थापाले पनि त्यहीँका थारु समुहकै झुमडा नाच सिकाए । यी सबै नाच सिकेर सहभागीले नाचेर देखाए । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका नृत्य निर्देशकहरु कोरोना सँक्रमणबाट ग्रसित भएका कारण कार्यशालामा सहभागी हुन नसेको कार्यक्रम ब्यबस्थापक अनु रजकले जानकारी गराए ।

नेपाल  संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न सो कार्यशालाको शनिबार समापनमा बोल्दै प्रतिष्ठानकी परिषद सदस्य एवम नृत्य विभाग प्रमुख नमुना शर्माले सोचे भन्दा राम्रो कार्यशाला भएको बताईन् । आफुले पनि सिक्ने अबसर पाएको यस्तो कार्यशालालाई आउँदा दिनमा अझ बृहत गर्ने उनले प्रतिबद्धता जनाईन् । कार्यक्रममा नृत्य निर्देशक रोचक थापालाई १५ हजार रुपैयाँ सहित नृत्य सँगीत प्रज्ञा प्रतिष्ठानका तर्फबाट शनिबार सम्मान पनि गरियो । 

कार्यक्रमका प्रमुख अतिथि एवम् नृत्य निर्देशक कमल राईले यस्तो मौलिक नृत्य प्रशिक्षणले लोक नेपाली नाचको प्रवर्धनमा मद्धत पुग्ने बताए । आफुले अहिलेसम्म चलचित्रमा नेपाली लोक नृत्यलाई महत्व दिँदै आएको पनि उनले बताए ।

ओमप्रकाश बस्नेत, सुरेन्द्र देशार, नगेन्द्र राई र बमबहादुर गुरुङले प्रशिक्षकको तर्फबाट बोल्दै यस्तो प्रशिक्षण कम्तीमा एक साताको राख्नु पर्ने सुझाब दिए । यस्तै प्रशिक्षार्थी मध्य रुपन्देहीका युवराज मगर, पोखराका युवराज गुरुङ र पुनम थापाले यो कार्यशाला सोचे भन्दा अझ उपयोगी भएको बताए ।

 नृत्यकर्मी संघ नेपाल रुपन्देहीको सहकार्य र बुटबल उपमहानगरपालिका, तिलोतमा नगरपालिका र सैनामैना नगरपालिकाको प्रवर्धनमा यो कार्यशाला सम्पन्न भएको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.