Websoft University

नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीको पदभार ग्रहण


विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीले पदभारग्रहण गरेका छन् । माओवादी केन्द्रको विराटनगरस्थित प्रदेश १ को कार्यालयमा आज साँझ एक कार्यक्रम गरी पदाधिकारीको पदभार ग्रहण भएको हो । माओवादीका प्रदेश १ इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य हिमाल राई र इन्द्रबहादुरआङ्बोले पदाधिकारीलाई पदभार ग्रहणगराएका हुन्।


माओवादीको प्रदेश १ अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ (मिक्सो)
विजयी भएका थिए । यस्तै उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र
शिवकुमार डाँगी, सचिवमा गणेश उप्रेती, सहसचिवमा कुमारी राई, सागर किराँती र ऋषिराम ढुंगाना तथा कोषाध्यक्षमा रेवतराज पुरी (गगन)विजयी भएकाथिए ।

९ जना पदाधिकारीका गत पुस ७ गते निर्वाचन भएको थियो भने माओवादी
केन्द्रले प्रदेश १ को प्रथम अधिवेशन गत मङ्सिर २५ र २६ गते सम्पन्न
गरेको थियो । उक्त अधिवेशनबाट निर्वाचित २५९ जना कार्यसमिति सदस्य
मतदानमा सहभागी भएका थिए

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.