Websoft University

सातौ राष्ट्रिय योग दिवस प्रहरीसँग


मोहन कुमार राई ÷ माघ २ गते। संखुवासभा, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गुल्म चैनपुरमा सातौ राष्ट्रिय योग दिवस प्रहरीसँग सम्पन्न भएको छ । 


चैनपुर आयुर्वेद शाखा आयोजनामा “सर्वाङ्गिण विकासको लागि योग” मूल नाराका साथ शनिवार योग दिवस मनाइएको आयुर्वेद शाखाका प्रमुख एवं कविराज निरीक्षक दिनेश प्रसाद रायले जानकारी दिनुभयो । 


कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेको अवस्थामा सुरक्षाकर्मीहरुलाई योग र आयुर्वेदको माध्यमबाट स्वास्थ्य रहन मदत पुगोस भन्ने उद्देश्यका साथ स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गरिएको कार्यक्रममा योग सम्बन्धी अभ्यास, आयुर्वेद औषधीको प्रयोगविधि, योगले पु¥याउने स्वास्थ्यमा फाइदा सम्बन्धी जानकारी प्रदान गरिएको पतन्जली नगर योग समिति चैनपुरका अध्यक्ष नर बहादुर अधिकारीले वताउनुभयो । 

कार्यक्रममा २०७२ साल श्रावण २८ गते मन्त्रीपरिषदबाट राष्ट्रिय योग दिवस मनाउने निर्णय भएसँगै देशभरी योग दिवस मनाउदै आएको कार्यक्रमको प्रमुख अतिथि एवं चैनपर नगरपालिका नगर प्रमुख भरतकुमार खत्रीले वताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी वल नेपाल नं. ४ गुल्म का प्रमुख डिएसपी विशाल सिलवाल, सशस्त्र प्रहरी निरीक्षक पदम खड्का, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडा लगायत सुरक्षाकमीहरुको सहभागिता रहेको चैनपुर आयुर्वेद औषधालयका प्रमुख रायले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.