Websoft University

आज देखि सर्वोच्चमा रिट निवेदनको मात्र नियमितरूपमा सुनुवाइ हुने


काठमाण्डौ माघ ५ गते । रातो तारा डट कम, कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सर्वोच्च अदालतले आजदेखि सेवा कटौती गरेको छ । हिजो बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले आजदेखि लागू हुने गरी यही माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको हो । अब बन्दीप्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमितरूपमा सुनुवाइ हुनेछ । सर्वोच्च अदालतका अनुसार यस अवधिमा मुद्दा फिर्ता, तामेली एवन् मिलापत्रसम्बन्धी कामकारबाही नियमितरूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनमाथि सुनुवाइ हुनेछ । उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणको हकमा स्थानीय परिस्थिति एवन् जोखिमको अवस्था तथा सङ्क्रमित भएको अवस्थासमेतको मूल्याङ्कनका आधारमा कामकारबाही गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.