Websoft University

सुन्दरहरैंचामा लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न!

 


मोरङ । रातो तारा डट कम, मोरंगको सुन्दरहरैंचा नगरपालिका वार्ड नं ५ को बाँसबारी चोकमा लायन्स क्लब अफ बाँसबारीको अगुवाईमा,लियो क्लब अफ बाँसबारी, लायन्स क्लब अफ सलकपुर, लायन्स क्लब अफ इटहरी बुद्ध, लायन्स क्लब अफ मोरङ र लायन्स क्लब अफ इटहरी कर्पोरेटको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सपन्न गरेको छ।

'


रक्तदान जीवनदान' भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्कीले लायन्सले यस किसिमको कार्यक्रम हरेक बर्ष गर्दै आइरहेको र यसपाली लायन्स क्लब इन्टरनेशनलका फाउन्डर मेलबिन जोन्सको १४३औं जन्मोत्सवको अवसर पारेर सप्ताहव्यापी सर्भिस कार्यक्रम गरेकोमा खुशी व्यक्त गरेका थिए।


सप्ताहव्यापी कार्यक्रम अन्तर्गत क्लबले सोमबार हाल शित लहर चलिरहने मौसम रहेको बेला सुन्दरहरैंचा वार्ड नं ५ मा रहेको नयाँ वृन्दावन गौशालामा न्यानो कपडा वितरण गरेको थियो भने ब्लड बैंकमा रगतको अभाव भइरहेकोले आज मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको लायन्स क्लब अफ बाँसबारीका अध्यक्ष प्रकाश सिग्देलले बताएका छन्।त्यसैगरी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि विपन्न परिवारलाई राहत वितरण कार्यक्रम गरिने भएको उनले बताए।


क्तदान कार्यक्रममा विशिष्ठ अतिथि सुन्दरहरैचा नगरपालिका वार्ड न. ५ का वडा अध्यक्ष राम रिजाल, अतिथि रिजन चेयर पर्सन नगेन्द्र दाहाल, जोन चियर पर्सन मनिता दंगाल र क्लबका पदाधिकारीहरुको उपास्थिति रहेको थियो।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विराटनगरले प्राविधिक सहयोग पुर्याएको थियो भने उक्त कार्यक्रम लायन्स क्लब अफ बाँसबारीका सचिव प्रदीप विष्टले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.