Websoft University

राष्ट्रियसभा सदस्यको लागि बिराटनगर भएको निर्वाचन सम्पन्न


 विराटनगर माघ १२ गते । रातो तारा डट कम, प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका तीन सिटका लागि आज बुधबार भएको  निर्वाचन सकिएको छ। निर्वाचनमा तीन मत खसेन। स्थानीय तहको २ र एक प्रदेश सांसदको मत खसेन । ३ सिटका लागि ८ जना गठबन्धनका उम्मेदवार उठेका थिए।

मतदानमा झापाको गौरीगञ्ज गाउँपालिका प्रमुख बाबुराम श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की अनुपस्थित भए। श्रेष्ठ छोरीको विवाह र कार्की स्वास्थ्य सम्बन्धी समस्याका कारण निर्वाचनमा मत खसाल्न आएनन्। सरकारी कागज किर्ते मुद्दामा फरार रहेकी एमाले सांसद गुलेफुन मिया पनि मत हाल्न आइनन्।  

स्थानीय तहतर्फ २७० र प्रदेश सभा सदस्यतर्फ ९१ मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले बताए। तीन सिटका लागि गठबन्धनका तर्फबाट अन्य समूहमा नेपाली कांग्रेसका गोपालकुमार बस्नेत, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपाङ्गता वा अल्पसंख्यकमा जनता समाजवादी पार्टीका हेमराज राई, नेकपा एमालेबाट अन्यमा गुरु बराल, महिलामा सुमित्रा सुवेदी भण्डारी र अपांगता वा अल्पसंख्यकमा सोनाम गेल्जेन शेर्पा, राप्रपाबाट अन्यमा अम्बरबहादुर विष्ट र महिलामा रञ्जु प्याकुरेल प्रतिष्पर्धामा छन्। मतगणना आजैदेखि सुरु हुने



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.