Websoft University

प्रदेश १ मा ४६ जनामा कोरोना संक्रमण

विराटनगर, २३ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण भएको छ । ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा ६, झापामा २ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा २–२ र उर्लाबारीमा १ जना, सुनसरीको इटहरीमा ३, धरान, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको शिवसताक्षी र विर्तामोडमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र ७ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १६८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.