शिव भट्टराई,मोरङ। रातो तारा डट कम,सुस्मिता सिंहको आवाजमा रहेको भोजपुरी गित बुद्धिया फेल हो जाला बोलको गित छायांकन हुदै छ। मोडेल लेजिना सुवेदी र बिपिन चौधरी अभिनित सो म्युजिक भिडियो एभरेस्ट फिल्मस युटुब च्यानल मार्फत सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ। उक्त गितको छायांकन अजित दासले गर्दै छन् भने निर्देशन बिश्वजंग माझीले गर्दै छन्। माझी भने २ दर्जन भन्दा बढी ठुलो पर्दाका नेपाली चलचित्रमा काम गरिसकेका मुख्य तथा साहायक निर्देशक हुन्।
आफै निर्माता रहेका बिरेन्द्र कुमार उनकी श्रीमती सुस्मिताले यस भन्दा ३ दर्जन भन्दा बढी मैथली, भोजपुरी, नेपाली र थारु गीतमा समेत स्वर दिई सकेका छन्। उक्त म्युजिक भिडियो एभरेस्ट फिल्मसको ब्यानरबाट निर्माण हुने भएको छ भने प्रदेश १ को राजधानी बिराटनगर भित्रको बिभिन्न रमणीय र पर्यटकीय स्थल र रिसोर्टमा भैरहेको निर्माण पक्षले जनाएको छ
। छिटै नै एभरेष्ट फिल्मसको युटुब च्यानल मार्फत दर्शक सामु यो गीत संगै १० नयाँ म्युजिक भिडियोका गित सार्वजनिक गर्ने गायक तथा निर्माता बिरेन्द्र कुमारले जानकारी दिएका छन्।
Post a Comment