Websoft University

चैनपुर-३ काँग्रेसकाे पार्टी कार्यालय उद्घाटन


माेहन कुमार राई-संखुवासभा  पुस २८ गते । रातो तारा डट कम, नेपाली काँग्रेस पार्टीको चैनपुर नगरपालिका-३ सि्थत वडा इकाई कार्यालय उदघाटन गरिएकाे छ ।


बुधबार (अाज) एक कार्यक्रमकाे बिच काँग्रेसका जिल्ला सभापति तथा पुर्वराज्यमन्त्री दिपक खड्काले पार्टीको वडा कार्यालयकाे उदघाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बाेधन गदै सभापति खडकाले निर्वाचन नजिकिदै गएकाले सबै कार्यकर्ताहरूले इमानदारिताका साथ अहाेरात्र संगठनमा खट्न अाग्रह गरे । उनले नेकपा एमालेले जितेकाे स्थानीय तहमा भष्टाचार बढेकाे र विकास निर्माण लगायतका जनमुखि काम नगरेकाे गुनासाे गरे ।

उक्त कार्यक्रममा चैनपुर-३ का शुक्र राईकाे नेतृत्वमा एक दर्जन बढि युवाहरू नेकपा एमाले परित्याग गरि काँग्रेस प्रवेश गरेका थिए । ती युवाहरूलाई सभापति खडकाले खादा अविर लगाएर स्वागत गरेका थिए । उक्त कार्यक्रममा पार्टी उपसभापति रामकुमार जिमि, निर्वाचन क्षेत्र (ख) का सभापति दिपेन्द्रमान शाक्य, चैनपुर नगर सभापति शंकरमान कडेल लगायतका बक्ताहरूले कार्यक्रममा सम्बाेधन गरेकाथिए ।

उक्त कार्यक्रम चैनपुर-३ का वडा सभापति  महेश कार्कीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.