Websoft University

दुई वर्ष देखि फलामे साङलोमा बाधिएर बस्न बाध्य

 


श्याम राई-गाईघाट १९ पौष । रातो तारा डट कम,मानसिक शन्तुलन गुमाएकी एक महिला उपचार अभावमा दुई वर्ष देखि फलामे साङलोमा बाधिएर बस्न बाध्य भएकी छिन् । श्रीमान्ले कान्छि  श्रीमती विहे गरेर हिडेपछि उदयपुरको उदयपुरगढी गाउँपालिका –२ पाङलाधारकी २५ बर्षिया शुसिला परियारको मानसिक सन्तुलन विग्रीएको स्थानिय पुष्प गुरागाईले बताए । २०७२ सालमा दिनेश परियार सँग बिवाह गरेकी उनको दुई छोरी छन । बुबाको मृत्य र आमा समेतले अर्को सँग बिवाह गरेपछि उनी मानसिक तनाबमा थिईन्। कान्छि छोरी जन्मिए पछि श्रीमान्ले उनलाई धोका दिदै अर्की केटी लिएर हिडेपछि उनले मानसिक सन्तुलन गुमाएको गुरागाईले बताए । घरमा रोईकराई गर्ने, घरछोडेर हिड्ने गरेपछि बाध्य भएर बाधेर राख्नु परेको शुसिलाको सासु ६५ बर्षिया फुलमायाले बताइन् ।( हेरविचार गर्न नै गाह्रो भए पछि २ वर्ष देखि साङलोले बाधेर  राख्नु परेको हो) । उनले भनीन् ।( पहिले बुहारीमा त्यस्तो केही थिएन । बुवा वित्यो, आमाले समेत अर्को सँग विहे गरीन् । त्यसपछि उनी विक्षिप्त वनीन्) । उनले भनिन । पछि श्रीमान्ल( छोरा) अर्की केटी लिएर भागेपछि भने उनले पुरै मानसिक सन्तुलन गुमाएको उनले भनिन् । बुहारीको उपचार गराउनको लागी आर्थिक अभाब भएकै कारण गर्न नसकिएको उनले दुखेसो गरीन् । “घरमा खानलाई समस्या छ । बुहारीको कसरी उपचार गराउने?” उनले भनीन् । कुनै मनकारीले सहयोग गरीदिएमा बुहारीले नयाँ जीवन पाउनेमा उनी पूर्ण आशावादी छिन् । २५ बर्षिया महिला उपचार नपाएर साङलोमा बाधिएको समचार बाहिरीए पछि उदयपुरगढी गाउँपालिकाले चासो देखाएको छ । गाउँपालिकाका प्रमुख प्रसास्किय अधिकृत माधव सुवेदीले पिडित महिलाको उपचारको ब्यवस्था मिलाउन लागीएको बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.