Websoft University

आजको खेलमा सगरमाथा कलेज र अरनिको कलेज विजयी भई क्वाटरफाइनलमा प्रवेश

 हिसान क्रिकेटमा सगरमाथा र अरनिको विजयी हुँदै विराटनगर


बिराटनगर पुस २६ । रातो तारा डट कम, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटमा सगरमाथा कलेज र अरनिको कलेज विजयी भएका छन् ।

विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज सोमतबार भएको खेलमा सगरमाथा कलेज  र अरनिको कलेज विजयी भई क्वाटरफाइनलमा प्रवेश छन् ।

पहिलो खेलमा सगरमाथाले भानु कलेजलाई ३ रनको झिनो रन अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सगरमाथाले निर्धारित १३ ओभरमा ४ विकेट गुमाई ८३ रनको स्कोर खडा गरेको थियो । जस्मा चन्द्रशेखर कामतले २५ रन बनाउँदा केदार कामतले पनि २५ रनको योगदान दिएका थिए । भानुका चन्द्र कार्कीले १ विकेट लिए ।

जवाफमा ८४ रनको चुनौती पछ्याएको भानुले निर्धारित पुरै ओभर खेल्दै ५  विकेट नोक्सानीमा ८० रन मात्र जोड्न सक्यो । जस्मा कमर जामिलले ३२ रन बनाउँदा महमद नियाज अंसा।ीले १३ रनको योगदान दिए । सगरमाथाका  चन्द्रशेखर कामतले सर्वाधिक २ विकेट लिए । खेलको म्यान अफ द म्याच सगरमाथाका अलराउण्डर खेलाडि चन्द्रशेखर कामत घोषित भए ।

दोस्रो खेलमा  अरनिको कलेजले विकेभिएम कलेजलाई  १० विकेटले पराजित गर्दै कवाटरफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको विकेभिएमले निर्धारित २० ओभरको खेलमा १८ दशमलव १ बलमा सवै विकेट गुमाई ८९ रनको सामान्य स्कोर खडा गरेको थियो ।  जस्मा सुजल भट्टराईले सर्वाधिक अविजित २४ रनको योगदान दिए । अरनिकोका अविशेक बरालले ३  विकेट लिँदा दिपुकुमार स्र्वकारले २ विकेट लिए ।  जवाफमा ९० रनको सामान्य लक्ष्य पछ्याएको अरनिकोले  ९ दशमलव १ बलमा विना क्षति सो विजय लक्ष्य पार गरेको थियो । जस्मा अंकित मण्डलले अविजित ३८ रन बनाउँदा दिपुकुमार स्र्वणकारले अविजित १९ रनको योगदान दिए । अरनिकोका अलराउण्डर खेलाडि म्यान अफ द म्याच  दिपुकुमार स्र्वणकार घोषित भए ।

मंगलबारको पहिलो खेल कान्तिपुर कलेज र शिक्षादिप कलेज र दोस्रो खेल अरनिको कलेज र लर्डबुद्ध कलेजविच प्रतिस्पर्धा हुने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.