Websoft University

आज काठमाण्डौमा फुटवलका दुई खेल हुने


काठमाण्डौ पुस ३० गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आजदेखि नवौं चरणका खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज दुई खेलहरु हुनेछन् ।सशस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । ८ खेलमा ७ अङ्क जोडेको एपीएफ लिगको दशौँ स्थानमा छ । यस्तै समान ८ खेलबाट ११ अङ्क जोडेको हिमालयन छैटौं स्थानमा छ । आजै दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र सातदोबाटो युथ क्लब अपरान्ह् पौने ५ बजे खेल्नेछन् । १९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको मनाङ् आज सातदोबाटोलाई हराएर शीर्ष स्थानमा उक्लने दाउमा छ । ९ अङ्क जोडेको सातदोबाटो आठौं स्थानमा छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.