Websoft University

चालूपूँजि कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ को मस्यौदामा उद्योग संगठन मोरङको सुझाव ।

 

बिराटनगर पुस २६ गते। उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैैंकले तयार पारेको चालूपूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ को मस्यौदामा संगठनका तर्फबाट राय सुझाव प्रस्तुत गरेको छ । राष्ट्र बैंकले चालुपूँजी कर्जाको सिमा बार्षिक कारोबारको २० प्रतिशत सम्म मात्र रहने गरि तयार गरेको मस्यौदा उत्पादनमुलक उद्योगहरुका लागी व्यवहारिक नभएकोले उक्त व्यवस्था संशोधन गर्नु पर्ने राय सहित आज नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै सुझाव पठाइएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए । संगठनले प्रस्तुत गरेको सुझाव निम्न बमोजिम रहेको छ । 

१. चालूपूँजी कर्जाको सिमा निर्धारण 

फर्म, संस्था वा कम्पनीलाई बैंक तथा वित्तिय संस्थाबाट प्रवाह चालूपूँजी कर्जाको सिमा निर्धारण गर्दा बार्षिक अनुमानित कारोबार ̷ बिक्रिको अधिकतम २० प्रतिशत मात्र चालूपूँजी कर्जा सिमा कायम गर्नु पर्दछ भन्ने मस्यौदाको प्रस्ताव छ । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्र घरजग्गा, सेयर तथा व्यापारमा भएको कर्जा प्रवाहलाई नियन्त्रण गर्न खोजेको भएता पनि चालु पूँजि माथीको यस प्रकारको नियन्त्रणले  उत्पादनमुलक उद्योगहरु उठ्नै नसक्ने गरि थला पर्ने निश्चित छ । तषर्थ नेपाल राष्ट्र बैंकले कर्जा उपयोगिताको बिषयलाई शुक्ष्म निगरानी राखी पूँजि पलायन (ऋबउष्तब िँष्निजत० गर्न गराउन खोज्नेलाई कार्बाहीको दायरा ल्याउने तर उत्पादनमुलक क्षेत्रको हकमा कुनै पनि किसिमको चालूपूँजी कर्जाको सिमा तोकिनु हुदैन भन्ने संगठनको स्पष्ट धारणा रहेको छ । उत्पादनमुलक उद्योगलाई चालुपूजी कर्जामा नियन्त्रण गर्दा कामै गर्न नसक्ने अवस्था उत्पन्न भई उत्पादनमुलक उद्योगहरु कसरी धारासायी हुन्छन भन्ने तलको उदाहरणबाट पनि प्रष्ट हुन्छ । 

 १ ः बर्षमा एकपटक सिजनमा बर्षभरिलाई चाहिने कच्चा पदार्थ खरिद गरि भण्डारण गरि राख्ने प्रकृतिका उद्योगहरु (जस्तै धान, मकै, गहू वा अन्य खाद्यान्नहरु कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योग) जस्लाई एकै पटक चालुपूँजिको आवश्यकता पर्दछ त्यस्ता उद्योगहरुले २० प्रतिशतको कर्जा सिमा भएमा बन्द गर्नु पर्ने अवस्था आउछ । 

 २ ः कच्चा पदार्थ आयात गर्ने उद्योगहरुको हकमा कच्चा पदार्थ आयातका लागी प्रतित पत्र खोल्ने देखि कच्चा पदार्थ उद्योगसम्म आइपुग्दा करिब ३ महिना, उक्त कच्चा पदार्थबाट वस्तु उत्पादन, भण्डारण, बिक्रि र बजारबाट पैसा आउने क्रममा करिब ६ महिना चालूपूँजी होल्ड हुन्छ यस्तो अवस्थामा चालूपूँजीको कर्जाको सिमा निर्धारणले उत्पादनमुलक उद्योगहरु करिब करिब बन्द गर्नुको बिकल्प रहदैन । 

३. आधार बर्षको गणना र आउन सक्ने व्यवहारिक कठिनाई चालुपूँजिको कर्जाको सिमा निर्धारणका लागी सम्बन्धीत कम्पनीको कुन आर्थिक बर्षको कारोबारलाई आधार मानिने हो स्पष्ट छैन । साथै, अघिल्लो आर्थिक बर्षमा कच्चा पदार्थ, लष्टिक तथा फ्रेट सर्भिसको रुपमा प्रयोग भएको कुनै मालवस्तु, सेवाको मुल्य चालु आर्थिक बर्षमा अप्रत्यासित रुपमा बृद्दि हुदा चालुपूजीको वास्तविक आवश्यकता सिमा निर्धारण बिच तादम्यता नमिल्ने र उद्योगीलाई आवश्यक परेको चालूपूँजीको अभाव हुन गई उद्योग सञ्चालनमा कठिनाई उत्पन्न हुन्छ । जस्तोः त्यसैगरि, आयातित सोयाबिन कच्चा तेलको मुल्य गत आर्थिक बर्षमा प्रति के.एल ६०० देखि डलर रहेकोमा यस आ.वमा १२ देखि १४०० डलरसम्म पुगेको छ । त्यस्तैः अन्य स्थानीय स्तरमा पाउने कच्चा पदार्थहरुको (आंशिकरुपमा पाइने मकै, गहु तथा अन्य स्थानीय कच्चा पदार्थ) मुल्य, लजिष्टक व्यवस्थापनको खर्च अघिल्लो बर्षको तुलनामा मुल्य आकाशिएकाले कारोबार तथा कर्जा आवश्यकता पूर्वानुमान गर्न सकिर्दैन त्यसकारण चालुपूँजीको कर्जाको सिमाको नियन्त्रण व्यवहारिक देखिदैन । 

त्यसकारण, कर्जाको सिमा निर्धारण तथा अनुगमन कार्यको मुलभूत बिषयमा एकरुपता कायम गर्ने एवं कर्जा उपयोगलाई पारदर्शि बनाउदै अनुत्पादन क्षेत्रमा हुने वा हुन सक्ने पूँजी पलायन (ऋबउष्तब िँष्निजत०  लाई सुक्ष्म निगरानीमा राखी सबै उत्पादनमुलक उद्योग व्यवसायहरुको हकमा चालुपूँजी कर्जाको सिमा राख्न नहुने सुझाव संगठनका तर्फबाट पेश गरिएको हो ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.