Websoft University

हिसान क्रिकेटमा अरनिको कलेज फाइनलमा, कोशी सेमिफाइनलमा

 

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान ) मोरङले आयोजना गरेको हिसान क्रिकेटको पहिलो सेमिफाइनल विजयी हुँदै अरनिको कलेज फाइनलमा प्रवेश गरेको छ ।

मोरङ पुस २८ गते । रातो तारा डट कम,विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज बुधबार भएको खेलमा अरनिको कलेजले ग्रिनल्याण्ड कलेजलाई ३१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै अर्को अन्तिम क्वाटरफाइनल खेलमा सगरमाथा कलेजलाई ३१ रनले पराजित गर्दै कोशि क्याम्पस सेमिफाइनलमा प्रवेश छ । 

टस हारेर पहिले ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४६ रनको विशाल स्कोर खडा गरेको थियो । जस्मा निखिल यादव, विविक किक्रम केसी, सुान मण्डलले १८–१८ रन बनाउँदा अजितकुमार अटलले १३ रन, योगेश कहरले १२ रन तथा प्रतिक यादव र अविशेक बरालले १०–१० रनको योगदान दिएका थिए । ग्रिनल्याण्डका  अनिल यादवले २ लिँदा जिवेश यादवले १ विकेट लिए ।

जवाफमा १ सय ४७ रनको विशाल चुनौती पछ्याएको ग्रिनल्याण्डले पुरै ओभर खेल्दै ८ विकेट गुमाई १ सय १५ रन मात्र जोड्न सक्यो । जस्मा दिपक विकले अविजित ३३ रन बनाउँदा आषिश मण्डलले अविजित १७ रन र जितेन्द्र कामतले १५ रनको योगदान दिए । अरनिकोका म्यान अफ द म्याच अविशेक बराल र निखिल यादवले २–२ विकेट लिँदा चन्दनल यादव र अ‍ैकित मण्डलले १–१ विकेट लिए ।

यस अघि भएको अन्तिम क्वाटरफाइनल खेलमा कोशी क्याम्पसले सगरमाथा कलेजलाई ३१ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस हारेरे पहिले ब्याटिङ गरेको कोशीले निर्धारित १५ ओभरको खेलमा ३ विकेट गुमाई १ सय ५ रनको स्कोर खडा गरेको थियो ।  जस्मा सञ्जय साहले २६ रन जोड्दा रञ्जन कामतले २४ दरन तथा विकाश दासले १४ रनको योगदान दिए । सगरमाथाका केदार कामतले २ विकेट र गणेश राजले १ विकेट लिए । जवाफमा १ सय ६ रनकोे लक्ष्य पछ्याएको सगरमाथाले पुरै ओभर खेल्दै ९ विकेटको नोक्सानीमा ७४ रनमा सिमित भयो । जस्मा चन्द्रशेखर यादव र गणेश राजले १५–१५ रन जोडे । कोशीका विकाश दासले ह्याट्रिकसहित ४ विकेट दिए । उनी खेलकोे म्यान अफ द म्याच  घोषित भए । 

विहिबारको अन्तिम सेमिफाइनल खेल शिक्षादिप कलेज र कोशी क्याम्पसविच प्रतिस्पर्धा हुने छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.