Websoft University

माघ १ गते आज माघे सङ्क्रान्ति र माघी पव


काठमाण्डौ माघ १ गते । रातो तारा डट कम, आज देखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र सूर्य उत्तरायण हुने दिन आज माघ १ गते अर्थात् माघ माघे सङ्क्रान्ति र माघी पर्व माघी पर्वले नेपालमा परिचित हुदै आएको छ । बुढापाको भनाइ अनुसार आजै देखि दिन लामो र रात छोटो हुँदै जान्छ भन्ने मान्यता रहेकोछ । घ्यू, चाकु, उसिनेको तरुल र तिलको परिकार खाएर सबै नेपालीहरुले यो पर्व मनाउदै आएको पाइन्छ । 

मासको दाल र चामल मिसाएर घ्यू हालेर बनाइएको खिचडी बनाइ खाने चलन चलि आएको पाइन्छ । चिसो मौसममा यस्ता खाद्य पदार्थ खानाले शरीरमा उर्जा प्रदान हुने चिकित्सकहरूको भनाइ छ भने मानिसको रोग प्रतिरोधात्मक शक्ति पनि बढाउने काम गर्छ र शरीरलाई निरोगी बनाउने कथन रहेको पाइन्छ ।  

आजै थारु समुदायको माघी पर्व पनि मनाइँदैछ । उपत्यकासहित मुलुकका २२ जिल्लामा रहेका थारू समुदायले आजको दिन उत्सवका साथ माघी पर्व मनाउने गर्छन् । यस्तै तराई मधेशमा मकर सङ्क्रान्ति पर्व मनाइँदैछ भने काठमाडौँ उपत्यकाको नेवार समुदायमा सलहँु भनेर आजको दिन चाकु, तरुल लगायतका परिकार खाने सेवन गर्ने र आमाको हातबाट सन्तानले शरीरमा तोरीको तेल लगाउने प्रचलन छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.