Websoft University

अदालतहरु बन्द रहने


काठमाण्डौ माघ ९ गते । रातो तारा डट कम, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएपछि आज देशभरका अदालत बन्द हुने भएका छन् । शर्माको निधनमा शोक मनाउन आज सर्वोच्च अदालतसहित उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत बन्द रहने सर्वोच्च अदालतले जनाएको छ । काठमाडौं कमलपोखरीमा वि.सं. १९९१ साल पुस १ गते जन्मिनुभएका पूर्व प्रधानन्यायाधीश शर्माले २०१६ सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गर्नुभएको थियो । उहाँ २०५४ चैत ३० मा प्रधानन्यायाधीश पदमा नियुक्त भई मिति २०५६ मङ्सीर ३० सम्म कार्यरतहुनुहुन्थ्यो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.