Websoft University

खोटाङ सामाजिक मञ्चद्वारा पोखरेल सम्मानित

 

विराटनगर  माघ १ गते । खोटाङ सामाजिक सेवा मञ्चले अग्रज साहित्यकार बलराम पोखरेललाई सम्मान गरेको छ ।

मञ्चको भाषा साहित्य कला उन्नयन उपसमितिले विराटनगरमा शनिबार आयोजना गरेको कार्यक्रममा साहित्यकार पोखरेललाई सम्मान गरेको हो । वरिष्ठ साहित्यकार दधिराज सुवेदी, मञ्चका अध्यक्षसमेत रहेका उपभोक्ता जागरण अभियान, नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’लगायतले दोसल्ला ओढाएर पोखरेललाई सम्मानपत्र प्रदान गरे । विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय पोखरेलका कविता, कथा, निबन्ध, समालोचनालगायत विभिन्न विधाका कृतिहरु प्रकाशित छन् । 

त्यस्तै सोही अवसरमा ‘स्मृतिमा ऋषिमोहन रेग्मी’ पुस्तकको समीक्षा गरिएको थियो । साहित्यकार बाबुराम पोखरेलले पुस्तकको समीक्षा गरेका थिए । समाजसेवी एवं उद्यमी ऋषिमोहन रेग्मीले समाजलाई पु¥याएको योगदानलाई पुस्तकले प्रस्ट पारेको समीक्षक पोखरेलले बताए । हरेक महिना एकजना स्रष्टालाई मञ्चले सम्मान गर्ने आयोजक समितिका संयोजक रोहिणी रसिकले जानकारी दिए । कार्यक्रममा विभिन्न साहित्यकारहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.