Websoft University

ईन्धनको भाउ मूल्य बढ्यो


काठमाण्डौ माघ ६ गते । रातो तारा डट कम, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ तथा डिजेल र मट्टितेल १२२ रुपैयाँ तिर्नुपर्नेछ । यस्तै आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ बढाएर प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले बढाएर ९९५ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ । यसअघि गत कात्तिक २४ गते पनि पेट्रोलियन पदार्थको मूल्य बढाइएको थियो । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले बताएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.