Websoft University

१ सय १० बर्षिय बृद्धालाई न्यानो कपडा दिदै अध्यक्ष थापा

 


गाईघाट ७ माघ । रातो तारा डट कम,आर्थिक अभावको कारण जाडोमा न्यानो कपडा खरिद गर्न समस्या परेपछि उदयपुरको ताप्ली गाउँपालिकाकी १ सय १० बर्षिया थुप्रिमाया सुनुवारलाई गाउँपालिकाले झण्डै १० हजार रुपैयाको न्यानो कपडा किनिदिएर सहयोग गरिदिएको छ ।

ताप्ली ४ की ती वृद्धालाई गाउँपालिकाका अध्यक्ष उद्धव सिंह थापाले बल्याङकेट, डस्ना, उनी कपडा, ओढ्ने लगायतका लत्ताकपडा किनेर उनको घरमै पुगेर बुधवार दिएका हुन् ।

७५ बर्षिय एक छोरा सँगै बस्दै आएका बृद्धालाई खानकोलागी खाधन्न समेत उपलब्ध गराउन लागेको अध्यक्ष थापाले बताए ।

कमजोर आर्थिक अवस्थामा रहेको बृद्धालाई बाचुन्जेल औषधि उपचार र लालनपालन समेत गाउँपालिकाले गर्न लागेको उनले बताए । 

उमेरले एक सताब्दी भन्दा वढी कटेपनी बृद्धालाई अहिले सम्म कुनै रोग लागेको छैन । उनी घर वरीपरी मज्जा सँग हिडडुल गर्न सक्ने अध्यक्ष थापाले बताए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.