Websoft University

साना किसान कृषि सहकारी संस्था सुनबर्षीले मनायो छैठौं बार्षिक साधारणसभा!


शिव भट्टराई, मोरङ। रातो तारा डट कम,मोरङको सुनबर्षी नगरपालिका वडा -२ अमरदहमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले ६ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। उक्त साधारण सभामा संस्थाका अध्यक्ष टेकबहादुर भट्टराईले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका हुन्।


२०७२ सालमा स्थापना भएको सहकारी संस्थाले विगत वर्ष देखी नै साना व्यावसायिक कर्जा तथा साना उद्यमीहरुको साना साना बचत संकलन गरी ऋण प्रवाह गर्दै आफ्ना सेवाहरुलाई विस्तार गर्दै आएको विश्वासिलो सँस्थाको रुपमा स्थापित भएको हो ।


साना किसान कृषि सहकारीले गत आ. व. २०७७÷७८ मा सेयर सदस्यहरु ५७८ जना पुर्याई शेयर पुँजी रु ३७ लाख ५६ हजार रुपैया रहेको छ । त्यसैगरी संस्थाको गत निक्षेप ७४ लाख ७६ हजार गरी ५७.४३ प्रतिसतले वृद्धि भएको छ। ऋण लगानी २ करोड ३९ लाख ७० हजार आफ्ना सदस्यलाई लगानी गरेका छन। सहकारीले गत आ.व.२०७७÷७८ मा जम्मा कुल आम्दानी २३ लाख २८ हजार ३ सय ५५ रुपैया आम्दानी गरेका छन् भने कुल खर्चमा २० लाख १२ हजार २ सय ९१ रुपैया गरेका छन्।

उक्त संस्थाको साधारण सभामा जिल्ला कृषि सहकारी संघ मोरंगका अध्यक्ष रबिन्द्र आचार्यले गर्दै राज्यले बास्तबिक किसानले पाउनु पर्ने अनुदान नपाएको र कृषि सहकारी संथाले स्थानीय तहमा योजना लिएर जादाँ सहकारीलाई हेर्ने दृष्टिकोण फरक रहेको आरोप लगाउनु भयो। साना किसानका लागि उधमी कर्जा लगानी र प्रोत्साहन मुखी कार्यक्रम ल्याउन आवश्यक रहेको भन्दै अर्गानिक खेति तर्फ आकर्षित बन्न जोड दिनु भयो।

त्यसै गरि प्रमुख अतिथि रहेका प्रदेश १ सांसद लिलाबलभ अधिकारीले बाणिज्य तथा कृषि बिकास बैंकले उद्दमशीलता तर्फ सहुलियत ब्याजदरमा कर्जा प्रबाह गरेपनि बास्तबिक गरिबीको पहुँच नपुगेको बताउनुभयो। गरिबि निवारण गर्नका लागि अन्य बितिय संस्थाले भने १२ देखि १८ प्रतिशत ब्याजदरमा लगानी गर्ने हुँदा सरल ब्याजमा पाउनेहरु भने हुनेखाने बर्ग नै भएको हुँदा गरिबी निवारण हुन् नसक्ने धारणा व्यक्त गर्नुभयो। संस्थाको गतिबिधि बारे सुधार उन्मुख रहेको टिप्पणी गर्नुभयो।

सहकारीले इजरायली प्रशिक्षार्थीका रुपमा शेयर सदस्य फुलमाया तमाङका छोरा डिल्ली तमाङ र चित्ररेखा पोखरेलकी छोरी दिपा पोखरेललाई ११ महिने कृषि प्रशिक्षार्थीको रुपमा पठाएको छ।

संस्थाले सहकारी शिक्षा शिबिर, सदस्य बीच सिपमुलक, ब्यबसायिक तालिम संचालन कार्यक्रमलाई निरन्तरता दिने संस्थाका अध्यक्ष टेक बहादुर भट्टराईले बताउनु भयो। सदस्य किसानहरु समस्या हाल गर्ने, ज्ञान, सिप र पूजीको ब्यबस्था मिलाई ब्यबसायिक आत्मनिर्भर बनाउन प्रेरित गर्ने बताउनु भयो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.