Websoft University

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले गर्यो नयाँ सदस्य स्वागत तथा सहकारी शिक्षा कार्यक्रम!

 


शिव भट्टराई,मोरङ पुस २२ गते । मोरङको सुन्दरहरैंचा १० स्थित विराटचोकमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले नयाँ सदस्य स्वागत तथा सहकारी शिक्षा कार्यक्रम गरेको छ।


सुन्दरहरैंचा १० स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा 


नयाँ सदस्यहरूलाई स्वागत गर्दै १ दिने सहकारी शिक्षा सम्बन्धी तालिम गरिएको थियो।


उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले उक्त संस्थाको प्रदेश नं १ भरी धेरै शाखा रहेको र संस्थाले धेरै ठाउँमा सामाजिक कार्यहरू गर्दै आइरहेको हुनाले यस्तो कार्यको लागि नगरपालिकाको पनि सधैं साथ र सहयोग रहने बताएकी छिन्।त्यसैगरी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेयर सदस्यहरूको लागी पनि सहारा बनेको बताउँदै शुभकामना व्यक्त गरेकी थिइन्।

संस्थाका कार्यवाहक अध्यक्ष हरी प्रसाद निरौलाको सभापतित्वमा भएको सो कार्यक्रममा सहारा नेपाल साकोस् गाईघाटका अनुगमन अधिकृत रतन तिम्सिनाले स्वागत मन्तव्य राख्दै कार्यक्रममाथि प्रकाश पारेका थिए।कार्यक्रममा सहकारी शिक्षा तालिम अन्तर्गत संस्थाका उपनिर्देशक दिनेश बहादुर निरौलाले सहकारी शिक्षा तथा समग्र संस्थाको बारेमा जानकारी गराएका थिए।

त्यस्तै कार्यक्रममा संस्थाले ३ जना सदस्यलाई कर्जा सुरक्षण बापतको कर्जा मिनाहा गरी तिरेको रकम सदस्यको परिवारलाई वितरण गरेको थियो भने उक्त कार्यक्रम संस्थाका कार्यलय प्रमुख  मोतीखर सञ्जेलले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.