Websoft University

सामाजिक विकास मन्त्री यादवद्धारा स्वास्थ्य कार्यालय र अस्पतालको अनुगमन

 

विराटनगर, १८ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य कार्यालय पाँचथर र जिल्ला अस्पतालको अनुगमन गर्नु भएको छ ।

स्वास्थ्य कार्यालयको आज अनुगमन पछि उहाँले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तयारीका लागि निर्देशन दिनुभएको छ । उहाँले कोरोनाको पहिलो र दोश्रो लहर भएको तयारीबारे पनि जानकारी लिनुभएको थियो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्वापोले पहिलो लहरमा क्वारेन्टाईनलाई प्राथमिकतामा राखेर काम गरिएको र दोश्रो लहरमा होम क्वारेन्टाईनलाई प्राथमिकता दिएर काम गरेको बताउनु भयो । उहाँले होमक्वारेन्टनका कारण संक्रण फैलिएको पनि अवगत गराउनु भएको थियो । निमित्त प्रमुख तुम्वापोले संस्थागत क्वारेन्टाईन, आईसोलेसनलाई जोड दिनुभएको थियो । उहाँले स्वास्थ्य कार्यालयका लागि आवस्यक वजेट विनियोजन नभएको बताउनु भएको थियो । 

मन्त्री यादवले आजै जिल्ला अस्पताल पाँचथरको पनि अनुगनम गर्नुभएको थियो । उहाँले अस्पतालको सवै वार्डको अनुगमन गर्नुभएको मन्त्री यादवका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । अस्पताल अनुगमनका क्रममा अस्पताल प्रमुख डा. बुद्धिबहादुर थापाले १५ वेड क्षमताको अस्पतालले ४० वेड सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले ५० वेडका लागि स्वीकृतिको माग गर्नुभयो । संघीय सरकारबाट प्राप्त भएको ४ वटा भेन्टिलेटर सञ्चालनका लागि जनशक्ति अभाव भएकाले सो को व्यवस्था गरिदिन आग्रह गर्नुभएको थियो । 

मन्त्री यादवले आफुले स्वास्थ्य कार्यालय र अस्पतालका लागि गर्न सक्ने सम्म काम गर्ने बताउनु भएको थियो । उहाँले सेवाग्राहीबाट गुनासो नआउनेगरि सेवा प्रवाह गर्न पनि निर्देशन दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.