Websoft University

उखुको खरिद मुल्य छिटा निर्धारणे हुनु पर्ने


काठमाण्डौ पुस ७ गते । रातो तारा डट कम,समयमा सरकारले उखुको खरिद मुल्य निर्धारण नगरिदिदा किसान समस्यमा पर्न थालेका छन् । यो बेला उखुको खरिद मुल्य निर्धारण हुनेपर्ने थियो तर अहिले सम्म पनि सरकारले उखुको मुल्य निर्धारण गरेको छैन । अहिले उखु विक्रि गर्न किसानलाई समस्या परिरहेकोछ ।

उखु हुर्काउन बिउ, मल, मजदुर, सिचाइ नगदमै खर्च गर्ने किसानले उखु काटेर उद्योग सम्म पु¥याउन मजदुरलाई नगद ज्याला दिनु पर्छ । तर, उखु उब्जाउने किसानले चिनी उद्योगबाट कति रकम कहिले पाउने टुंगो छैन । 

चिनी उद्योगका उद्योगपति र किसान प्रतिनिधि बिच मुल्यमा बिचार नमिल्दा उखुको मुल्य निर्धारण हुन नसकेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ । किसान प्रतिनिधि, चिनी उद्योगी र सरकारबीच मुल्यमा लगभग सहमति हुने अवस्था पुगेको र अबको केही दिनमै मुल्य निर्धारण गर्ने मन्त्रालयले जनाएको छ ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.