Websoft University

उदयपुरको छुट्टा छुट्टै स्थानमा बिहीबार भएको मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु


श्याम राई÷उदयपुर  गाईघाट, २३ मंसिर।रातो तारा डट कम,उदयपुरको छुट्टा छुट्टै स्थानमा बिहीबार भएको मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मदन भण्डारी स्मृती राजमार्गको चौढण्डीगढी नगरपालिका–६ सातघारेमा बेलटारबाट गाईघाट तर्फ आउँदै गरेको स १० प ३१३३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भै दुर्घटना हुँदा चालक चौढण्डीगढी नपा–६ बस्ने वर्ष ३५ को उमेश राईको उपचारको क्रममा बेलटार अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरि चौढण्डीगढी नगरपालिका–३ हात्तिसारस्थीत फत्तेपुर–रामपुर सडक खण्डमा फत्तेपुरदेखि रामपुरतर्फ जादै गरेका प्र २–०३–००९ प ४८४१ नम्बरको मोटरसाईकल विहान २ बजे दुर्घटना हुदा मोटरसाईकल पछाडी बस्ने सिराहा लहान नगरपालिका–२२ का ३२ वर्षिय ओम विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक वेद प्रसाद गौतमले बताए ।

मोटरसाईकल चालक सप्तरी महुली बस्ने २५ वर्षिय विजय घतानी शख्त घाईते भएकोमा उनको धरानस्थीत विपि कोईराला मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।





                                                        















Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.