Websoft University

प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण

विराटनगर, २३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा ११ र १२१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा ५, मोरङमा ३, झापामा २ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण देखिएको हो । सुनसरीको धरान र इटहरीमा २–२ र इनरुवामा १, मोरङको विराटनगर, सुन्दरहरैचा र बेलबारीमा १–१, झापाको हल्दिबारी र दमकमा १–१ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  संक्रमणमुक्त हुनेमा ११ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.