Websoft University

प्रथम किरात राजा यलम्बर हाङको ढुंगे शालीक अनावरण


श्याम राई÷उदयपुर गाईघाट, ४ पौष । रातो तारा डट कम, उदयपुरको चौढण्डीगढी नगरपालिका–७ बुधबारेमा साकेला पर्वको अवसरमा आईतबार प्रथम किरात राजा यलम्बर हाङको ढुंगे शालीक अनावरण गरिएको छ । करिब ५ फिटको सो ढुंगे शालीकको चौढण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले एक कार्यक्रमकोबीचमा अनावरण गरेका थिए । उनले आदिवासी जनजातिहरुले राष्ट्रिय एकता जोगाउनको लागि विशेष ध्यान दिनु पर्ने बताए ।

स्वर्गिय समाजसेवी कृष्ण वहादुर राईको स्मृतीमा उनकी श्रीमती त्रय किन्दरमाया, सुनमाया र ध्रुवतारा राई लगायतका परिवारले ४ लाख २५ हजार रुपैयाको लगानीमा उक्त शालीक निर्माण गरेका हुन् । एउटै ढुंगालाई कोपेर मुर्तिकार धिराज राईले शालीक बनाएका हुन् ।


                                              















Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.