Websoft University

प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

विराटनगर, ४ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २३० जनाको पीसीआर परीक्षण गर्दा झापामा ५, मोरङमा ४ र इलाममा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयलेजनाएको छ ।

मन्त्रालयका अनुसार झापाको दमक र बाहृदशीमा २–२ र शिवसताक्षीमा १, मोरङको उर्लाबारी, लेटाङ, केराबारी ररतुवामाईमा १–१, इलामको चुलाचुली र माईजोगमाईमा १–१ जनामा संक्रमण देखिएको हो । 

प्रदेश १ मा आज १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र ७ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९१ रहेको छ । 

 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.