Websoft University

तराइमा चिसो बढ्यो, हुस्सु–कुहिरो लाग्न सुरु


काठमाण्डौ पुस ५ गते । रातो तारा डट कम, जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईसहितका भू–भागमा चिसो बढ्ने क्रम बढ्ेको जनाएकोछ । 

महाशाखाका अनुसार तराई क्षेत्रमा बिहानको समयमा हुसु÷कुहिरो लाग्नुका साथै  चिसो बढ्ने क्रम जारी छ । महाशाखाले हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव नरहेपनि पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ । 

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुँदा पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान ६ बजे गरिएको मापनमा काठमाडौंको तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.