Websoft University

क्रिकेट खेल तालिका सार्वजनिक


काठमाण्डौ मंसिर २८ गते । रातो तारा डट कम, नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । क्यानले हिजो प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता पुस ३ गतेबाट सुरु हुनेछ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार पुस ३ गते हुने पहिलो खेलमा प्रदेश–१ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यहिँ दिन हुने दोस्रो खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा प्रदेश–१, लुम्बिनी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश रहेको छ । समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश–२ रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल पुस ११ गते हुनेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.