Websoft University

मनाङ र फ्रेन्ड्सबीचको फुटवलखेल दिउँसो १ बजे सुरु हुने

काठमाण्डौ मंसिर २४ गते । रातो तारा डट कम,सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत चौंथो चरणको खेल आजबाट सुरु हुदैछ । लिगको चौंथो चरणको खेल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र च्यासलबीचको खेल अपरान्ह ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ । ८ पटकको च्याम्पियन मनाङ लिगको तेस्रो स्थानमा रहेको छ । 

३ खेलमा मनाङले ७ अङ्क जोडेको छ । फ्रेन्ड्स लिगको १० औ स्थानमा रहेको छ । फ्रेन्ड्सले ३ खेलमा २ अङ्क जोडेको छ । तीन खेलमा ५ अङ्क जोडेको आर्मी, लिगको छैटौं स्थानमा रहेको छ । च्यासलविरुद्ध मैदान उत्रदा आमीले स्पष्ट ३ अङ्क जोड्नुपर्ने देखिन्छ । च्यासल ३ खेलमा ४ अङ्क जोडेर नवौं स्थानमा रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.