Websoft University

विराटनगरमा पहिलोपटक निल डेभिडकै अर्को ब्राण्डको रुपमा रहेको ‘केश युनिसेक्स सैलुन’ सञ्चालनमा


राकेश कर्ण बिराटनगर  मंसिर २२ गते । विराटनगरमा पहिलोपटक निल डेभिडकै अर्को ब्राण्डको रुपमा रहेको ‘केश युनिसेक्स सैलुन’ सञ्चालनमा आएको छ ।

विराटनगर–७ रङ्गेली रोडस्थित मेगा बैंक छेउमा केश युनिसेक्सको चौथो शाखा सञ्चालनमा आएको हो । यसअघि काठमाण्डौं, चितवन र  विरगञ्जमा केश युनिसेक्स सैलुन सञ्चालनमा आईसकेको छ । बुधबार चर्चित हेयर स्टाईलिस्ट निलडेभिड कट्वालले रिबन काटेरसैलुनकोउद्घाटन गरेका हुन् । सैलुनमा महिला तथा पुरुषको हेयर कटिङ, हेयर स्टाइल, हेयर स्ट्रेट, फेशियल, मेकअप, नेल आर्ट, मेहेन्दी र होम ब्राडियल मेकअप लगायतका सुविधाहरु उपलब्ध छन् । दक्ष, अनुभवी र तालिमप्राप्त जनशक्ति मार्फत् उल्लेखित सेवाहरु प्रदान गर्ने सैलुनको तयारी छ । 

सैलुनले पुस पहिलो साताबाट हेयर कटिङ र हेयर स्टाइल सम्बन्धी विभिन्न प्रशिक्षणका लागि आफ्नै एकेडेमी सञ्चालन गर्ने जनाएको छ । एकेडेमीमा १० जना प्रशिक्षार्थीहरुलाई राखेर सम्बन्धित बिषयको प्रशिक्षण दिने योजना रहेको केश युनिसेक्सका सञ्चालक सुमन रिजालले बताए । उनले वातानुकुलित शान्त र सौम्य वातावरणमा कपालको सौन्दर्यसँग सम्बन्धित हरेक किसिमका सेवाहरु प्रदान गर्न केश युनिसेक्स तत्पर रहेको जानकारी दिए ।

‘पछिल्लो समय विभिन्न हेयर स्टाइल र हेयर कटिङका लागि ठाउँ खोज्नुपर्ने अथवा महङ्गो ठाउँ धाउनुपर्ने परिस्थिति थियो,’ उनले भने, ‘अब त्यो परिस्थितिको अन्त्य भएको छ । ग्राहकको मागलाई सम्बोधन गर्दै हामीले पुर्वमै पहिलोपटक विराटनगरमा महिला र पुरुष दुवैले एकसाथ सेवा लिन सक्ने किसिमको युनिसेक्स सलुन सञ्चालनमा ल्याएका छौं ।’

केश युनिसेक्स सैलुुन भने ३० लाख बढीको लगानीमा बुुधबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । निलडेभिडको नेपाल र भारतमा गरि कुल ७० वटा शाखा सञ्चालनमा छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.